रिहा हुँदै महरा, भव्य स्वागत गर्दै कार्यकर्ता

काठमाडौंः बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट निर्दोष ठहर भएका निवर्तमान सभामुख कृष्णबहादुर महरा केहीबरेमा रिहा हुँदैछन् ।

रिहाइको प्रक्रिया पूरा गर्न महरालाई डिल्लीबजार कारागारतर्फ लगिएको छ । नेकपाका नेता तथा कार्यकर्ता भव्य स्वागत गर्ने तयारीमा छन् ।

त्यसका लागि उनीहरू डिल्लीबजार कारागार बाहिर पुगिसकेका छन् ।

यो पनि पढ्नुस्ः

बलात्कार प्रयास मुद्दामा महरालाई सफाइ

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले बलात्कार उद्योगको मुद्दामा निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको थियो ।

संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका महरा असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । गत कात्तिकदेखि महरा डिल्लिबजार कारागारमा थुनामा थिए ।

तर महराले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्