प्रकाण्डका छोरा नरेन्द्र बिक काठमाडौंबाट पक्राउ

काठमाडौंः प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र बिकलाई काठमाडौंको नयाँ वानेश्वरबाट पक्राउ गरिएको छ । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

बिकसँगै नेपाली पार्टी निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रकाश विकलाई पनि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्