चिया खान बसेका बृद्धको कृर्सीमै मृत्यु!

कैलालीः जिल्लाको गोदावरी नगरपालिका-८ स्याउले बजारमा सोमबार दिउँसो एक जना बृद्धको पसलमा चिया खान कुर्सिमै बसेका बेला मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका-१ बन्नाका अन्दाजी ८०-८५ बर्षका नथ्था रानाको एक पसलमा चिया खान बसेका बेला मृत्यु भएको हो ।

धनगढीको बेलामा आफन्तको घरमा जानको लागि आएका राना चिया खानको लागि स्याउलेको एक पसलमा बसेका थिए । आफ्ना सम्दीसंगै मोटरसाईकलमा आएका राना चिया खान कुर्सीमा बसेको केही बेरमै मृत्यु भएको बुझिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक हिक्मत थापाले प्रारम्भिक अनुसन्धानका क्रममा उनी दमको रोगी रहेको बुझिएको बताए । उनले घटनाको मुचुल्का लिने काम जारी रहेको बताए ।

कमेन्ट गर्नुहोस्