इपीएल खेल्ने थरंगाद्वारा चौकाको वर्षा, वेष्ट इन्डिजविरुद्ध शानदार शतक

काठमाडौंः वेष्ट इन्डिजसँगको एकविदसीय अभ्यास खेलमा श्रीलंका क्रिकेट-११ का कप्तान उपल थरंगाले शानदार शतक बनाएका छन् । उनले १५ चौका प्रहार गर्दै ११४ बलमा शतक बनाएका हुन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको वेष्ट इन्डिजले ४९.४ ओभरमा सबै विकेट गुमाएर २ सय ८२ रन बनायो ।

उसका लागि डारेन ब्रावोले शतक बनाए । वेष्ट इन्डिजविरुद्ध शतक बनाएका थरंगाले चैत्रमा नेपालमा हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) पनि खेल्ने छन् । उनलाई ललितपुर प्याट्रियट्सले टीममा अनुबन्ध गरिसकेको छ ।

थरंगाले श्रीलंकाबाट तीन वटै फरम्याट खेलेका छन । जसमा उनले ३१ टेस्ट, २३५ एकदिवसीय र २६ टि-२० खेलेका छन् । बाँया हाते ब्याट्सम्यान थरंगाले सन् २००५ मा भारतबिरुद्ध टेस्टमा डेब्यू गरेका थिए ।

उनले टेस्टमा १७ सय ५४ रन बनाएका छन् भने र एकदिवसीयमा ६ हजार ९ सय ५१ रन प्रहार गरेका छन् । थरंगाले टी-२० मा भने २६ खेलमा मात्र ४०७ रन बनाएका छन् । सो फरम्याटमा उनले सन् २००६ मा इंग्ल्यान्ड बिरुद्ध डेब्यू गरेका थिए ।

कमेन्ट गर्नुहोस्