निर्भया बलात्कार काण्डका दोषीलाई फागुन २० गते मृत्युदण्ड दिइने

काठमाडौंः नयाँ दिल्लीमा २०१२ मा भएको सामूहिक बलात्कार घट्नाका दोषीलाई फागुन २० गते मृत्युदण्ड दिइने भएको छ । दिल्लीको पटियाला हाउस अदालतले आज मृत्युदण्डको नयाँ मिति सार्वजनिक गरेको हो ।

अदालतले दोषी ठहर गरेका मध्ये अक्षय सिंह, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई फाँसी दिन लागिएको हो । चारै जनाले जीवन रक्षाको माग गरेर अलग अलग अपील गरेका कारण यसअघि तय भएका मृत्युदण्डको मिति सर्दै आएको थियो ।

अर्का दोषीलाई भने बलात्कार घट्ना भएका बेला वालिग नभएको भन्दै सुधार गृहमा पठाइएको छ । दोषी मध्येका राम सिंहले २०१३ मा तिहाड जेलका आत्महत्या गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्