न्यायाधीशको गाडीमा आगलागी

महेन्द्रनगरः कञ्चनपुरमा उच्च अदालतकी एक न्यायाधीशको गाडीमा आगलागी भएको छ । उच्च अदालत दीपायल, महेन्द्रनगर इजलाशकी मुख्य न्यायाधीश शारंगा सुवेदीको बा १ झ ८८६३ नम्बरको गाडीमा सोमवार आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक सुरज कार्कीका अनुसार भीमदत्त नगरपालिका–३ स्थित बिपिन पेट्रोल पम्प नजिकै गुडिरहेको अवस्थामा गाडीमा एक्कासी आगो लागेको हो ।

भीमदत्त नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताउँदै प्रहरी निरिक्षक कार्कीले गाडीको भित्री भागमा क्षती भएको बताए ।

कमेन्ट गर्नुहोस्