खस्कियो विराट र रोहितको टी–२० वरियता

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको नयाँ टी–२० वरियतामा भारतीय टीमका कप्तान विराट कोहली र उपकप्तान रोहित शर्मालाई झड्का लागेको छ । सोमबार राति सार्वजनिक नयाँ वरियता अनुसार विराट र रोहित दुवैको एक–एक स्थान खस्किएको छ । विराट १० औँ स्थानमा झरेका छन् । यसअघि उनी टी–२० वरियताको नवौं स्थानमा थिए ।

यस्तै उपकप्तान शर्मा टप–१० बाट बाहिरिएका छन् । उनी टी–२० वरियताको ११ औँ स्थानमा खस्किएका छन् । दक्षिण अफ्रिकासँगको टी–२० सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका इंग्ल्याण्ड टीमका कप्तान इयोन मोर्गनलाई भने फाइदा भएको छ । उनी टी–२० वरियताको नवौं स्थानमा उक्लिएका छन् ।

नयाँ टी–२० वरियताको शीर्ष स्थानमा पाकिस्तान टीमका कप्तान बाबर आजम छन् । यो सूचीको दोस्रोमा केएल राहुल, तेस्रोमा आरोन फिन्च, चौथोमा कोलिन मुनरो र पाँचौ स्थानमा ग्लेन म्याक्सवेल छन् । नयाँ टी–२० बलिङ वरियतामा अफगानिस्तानका स्पिनर राशिद खान शीर्ष स्थानमा छन् ।

अलराउन्डतर्फ अफगानिस्तानकै पूर्वकप्तान मोहम्मद नाबी शीर्ष स्थानमा छन् । नेपाली टीमका पूर्वकप्तान पारस खड्का भने नयाँ टी–२० वरियताको अलराउन्डतर्फ २७ औँ स्थानमा यथावत छन् ।

कमेन्ट गर्नुहोस्