अष्ट्रेलियासँगको टी–२० सिरिजका लागि दक्षिण अफ्रिकाद्वारा टोली घोषणा, तीन खेलाडीको कमब्याक

काठमाडौंः अष्ट्रेलियासँगको टी–२० क्रिकेट सिरिजका लागि दक्षिण अफ्रिकाले टोली घोषणा गरेको छ । दक्षिण अफ्रिकाले आज क्विन्टन डीकको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ ।

इंग्ल्याण्ड विरुद्धको सिरिजमा विश्राम लिएका पूर्वकप्तान फाफ डुप्लेसिस, कागिसो रबाडा र एनरिक नोर्खिया टीममा फर्किएका छन् । साउथ अफ्रिकाले अष्ट्रेलियासँग तीन म्याचमा श्रृंखला घरेलु मैदानमा २१ फेब्रुअरीदेखि खेल्दै छ ।

दक्षिण अफ्रिकाको टीमः क्विन्टन डीकक (कप्तान), टेम्बा बावुमा, फाफ डुप्लेसिस, रस्सी भान डर दुसेन, डेविड मिलर, पीट व्यान बिल्जोन, ड्वाइन प्रिटोरियस, एन्डिले फेहलक्वायो, जोन–जोन स्मुट्स, कगिसो रबाडा, तबरेज शम्सी, लुंगी एन्गीडि, बीजोर्न फोर्टिन, एनरिक नोर्खिया, डेल स्टेन र हेनरिक क्लासेन ।

कमेन्ट गर्नुहोस्