अनशनरत लक्ष्मण थारु अस्पताल भर्ना

कैलालीः थरुहट–थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु अस्पताल भर्ना भएका छन् ।

फागुन १ गतेदेखि रेशम चौधरीसहित ११ जनाको रिहाइको माग गर्दै धनगढीमा अनशनरत थारुको केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो। उनलाई यसअघि स्लाईन चढाईए पनि ठिक नहुँदा आज अस्पताल भर्ना गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश कार्कीका अनुसार ५ दिनदेखि अनशनरत उनको स्वास्थ्य अवस्था झन–झन बिग्रन थालेपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ।

कमेन्ट गर्नुहोस्