अस्ट्रेलियामा ललितपुरकी एक युवतीको मृत्यु

काठमाडौंः ललितपुरकी एक युवतीको अष्ट्रेलियामा मृत्यु भएको छ । ललितपुर साना गाउँबाट अध्ययनका लागि अष्ट्रेलियाको सिड्नी गएकी रमिला मर्हजनको मृत्यु भएको हो ।

दुई वर्षअघि अष्ट्रेलिया गएकी महर्जनलाई ब्रेन ट्युमरको समस्या देखिएको थियो । त्यसको उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । श्रीमान सञ्जय महर्जन पनि उनी सँगै थिए । रमिलाको दाहसंस्कार सोमबार अष्ट्रेलियामै गरिएको छ ।

२ वर्षअघि मात्रै उनको विवाह भएको थियो । ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँस्थित अनन्त इंगलिस स्कुलबाट एसएलसी गरेकी रमिला बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन्।

रमिलाको मृत्युप्रति अनन्त स्कुलका प्रिन्सिपल गोपालप्रसाद घिमिरेले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्