कंगना एयफोरर्स पाइलट बन्दै

एजेन्सीः बलिउड अभिनेत्री कंगना रनौतको नयाँ चलचित्र तेजस को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। हालसालै प्रदर्शनमा आएको कंगना अभिनित पंगा ले बक्स अफिसमा खासै धमाका मच्चाउन नसके पनि तेजसु ले कंगनाको करियरलाई माथि लैजाने अपेक्षा गरिएको छ।

चलचित्रमा कंगना भारतीय सेनाको पाइलटको भूमिकामा देखिनेछिन्। उनले इन्स्टाग्राममा फोटो पोस्ट गर्दै चलचित्रलाई बहादुर सेनाहरुप्रति समर्पित गरेकी छन्। भारतीय सेनाका सबै बहादुर महिला-पुरुषको लागि यो फिल्म समर्पित गर्न चाहन्छु। जो दिनरात नभनी देशको सुरक्षामा खटिन्छन्।

याे पनि पढ्नुस  कंगना बलिउडकी सबैभन्दा महंगी नायिका, एउटा फिल्म खेलेको २५ करोड पारिश्रमिक

चलचित्रलाई सर्वेश मेवाडाले निर्देशन गरेका छन्। कंगना यतिबेला तमिलनाडुकी मुख्यमन्त्री जयललिताको बायोपिक थलाइवीको सुटिङमा व्यस्त छिन्। थलाइवीको सुटिङ सकेर उनी तेजसको सुटिङमा लाग्ने बताइएको छ।

उनले तेजस मार्फत् आफ्नो बाल्यकालको इच्छा पूरा हुने बताइन्। म सधैं सेनाको भूमिकामा पर्दामा देखिन चाहन्थे। यो मेरो बच्चैदेखिको सौख हो, उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

याे पनि पढ्नुस  कंगना बलिउडकी सबैभन्दा महंगी नायिका, एउटा फिल्म खेलेको २५ करोड पारिश्रमिक

 

कमेन्ट गर्नुहोस्