सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौंः मंगलबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैंयाले बढेको छ। सोमबार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुन आज ७६ हजार ७ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि आज बढेको छ । मंगलबार तेजाबी सुन ७६ हजार ४ सय रुपैंयामा कारोबार भईरहेको छ।

त्यसैगरी चाँदीको भाऊ भने आज स्थिर छ । सोमबार ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ।

 

कमेन्ट गर्नुहोस्