महराले सफाइ पाएपछि मतदाता खुशी, दीप प्रज्वलन गरिँदै

घोराहीः जिल्ला अदालत काठमाडौंले सफाइ दिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको निर्वाचन क्षेत्र दाङका मतदाताहरूले खुशीयाली मनाएका छन् ।

जिल्ला अदालत काठमाडौंले निर्दोष भएको प्रामाणित गरिसकेपछि महरा पूर्ण रुपमा निर्दोष भएको र उनलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाइएको पुष्टि भएको मतदाताहरूको बुझाई छ ।

दाङ क्षेत्र नं २ बाट सांसद महराले सफाइ पाउँदा समग्र दाङ र राप्तीबासीलाई फाइदा पुगेको महराका मतदाता एवम् नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले प्रतिकृया दिए ।

अर्का मतदाता वामदेव रिजाल ‘देवदास’ ले महरालाई दुःख दिएर राजनीतिक अभिष्ट पूरा गर्न चाहने देशीविदेशी प्रतिकृयावादी तत्वहरुले षडयन्त्र रचेको आरोप लगाए । महराले यस क्षेत्रको विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुपर्ने रिजालको भनाई छ ।

यसैबीच महरालाई अदालतले दिएको खुशीयालीमा मतदाताहरुले आज बेलुकी ५ बजे घोराहीको तुलसीपुरचोकमा स्वस्फ्रूतरुपमा दीप प्रज्वलन गर्ने भएका छन् ।

दीप प्रज्वलन कार्यक्रमको संयोजन गरिरहेका दीपेश पोख्रेलले सहभागि हुन समग्र राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगी व्यवसायी, युवा तथा सम्रग दाङवासी जनसमुदायलाई अनुरोध गरे ।

कमेन्ट गर्नुहोस्