अनौठो लक्ष्यः ३५ सन्तान, चौथौं विहे गरेर १०० सन्तानको बाबु बन्न चाहना !

एजेन्सीः पाकिस्तानका एक व्यापारीको अनौठो लक्ष्य सुन्दा अचम्म नमान्नुहोस् उनको जीवनको लक्ष्य नै यही हो ।

अहिलेसम्म उनका ३५ सन्तान छन् । ४३ वर्षीया सरदार जन मुहम्मदका तीन श्रीमतीका २१ छोरी र १४ छोरा गरी अहिलेसम्म ३५ सन्तान भइसकेका छन् । तर, उनी एक सय सन्तानको बाबु बन्न चाहन्छन् ।

याे पनि पढ्नुस  व्यापारीलाई प्रधानमन्त्रीको आग्रहः यदि कुनै अप्ठ्यारो आए मलाई भन्नुहोस्

पेशाले व्यापारी रहेका मुहम्मदले भनेका छन्, ‘मेरो लक्ष्य एक सय सन्तान जन्माउने हो ।’ अहिले ३५ छोराछोरी तीन श्रीमतीसहित ३९ जनाको परिवारमा बस्दै आएका उनको दैनिकी भने सामान्य मानिसको जस्तै छ ।

जन मुहम्मद सकेसम्म आफ्ना ३५ सन्तानसँगै दिन बिताउन चाहन्छन् । सबै छोराछोरी सँगै खेलिरहेका भेटिन्छन् । उनले सबै सन्तानसँग खुशी साथ बसेको र सबै सन्तानलाई समान शिक्षा दिने उद्देश्य रहेको समेत बताएका छन् ।

याे पनि पढ्नुस  व्यापारीले तोकेका स्थानबाट तरकारी बिक्री गर्न मानेनन्

जन मुहम्मद एक सय सन्तानका लागि चौथो विवाहको तयारीमा छन् । उनी चार श्रीमतीबाट एक सय सन्तानको पिता बन्न चाहन्छन् ।

कमेन्ट गर्नुहोस्