हवाईफायर गरेर विप्लव समूहका पाँच कार्यकर्ता पक्राउ

संखुवासभाः हवाईफायर गरेर प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका पाँच कार्यकर्ता पक्राउ गरेको छ ।

संखुवासभाको चैनपुर नगरपालिका–१ गुफापोखरीबाट विस्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चैनपुर नगरपालिका–४, दोभानेका अग्नि भनिने सन्तोष तामाङसहित पाँचजना रहेका छन् ।

विभिन्न स्थानमा आगजनी र बम विस्फोट गराएको आरोपमा उनीहरूलाई प्रहरीले खोजी गरिरहेको थियो । गस्ती टोलीलाई देख्नसाथ शंकास्पद गतिविधि गर्दै प्रहरीमाथि आक्रमण गरेपछि हवाईफायर गरी नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले जानकारी दिए ।

उनीहरुको साथबाट रेडबुल बम, सकेट बम, विस्फोटमा प्रयोग हुने सेफ्टी फ्युजलगायत सामग्री बरामद गरिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्