इस्टर्न रिजन खेल्न सिंगापुरद्वारा टोली घोषणा

काठमाडौंः फेब्रुअरी २९ देखि मार्च ७ सम्म थाईल्याण्डमा हुने एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताका लागि सिंगापुरले टोली घोषणा गरेको छ । उसले अमजद महबूबको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

प्रतियोगितामा सिंगापुरले आफ्नो पहिलो खेल २९ फेब्रुअरीमा थाइल्याण्डसँग खेल्ने छ । बाँकी खेलमा उसले तीन मार्चमा मलेसियासँग, ४ मार्चमा हङकङ र ६ मार्चमा नेपालविरुद्ध खेल्ने छ । यो प्रतियोगितामा कोरोना भाइरसका कारण भुटान, चीन र म्यानमारले सहभागिता नजनाउने भएका छन् ।

नयाँ खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा २९ फेब्रुअरीमा मलेसियासँग खेल्ने भएको छ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेलमा १ मार्चमा हङकङसँग, तेस्रो खेलमा ४ मार्चमा थाईल्याण्ड र अन्तिम खेलमा ६ मार्चमा सिंगापुरसँग खेल्ने छ । प्रतियोगिताको शिर्ष २ टीम एसिया कप छनोटमा प्रवेश गर्ने छन् । तीन टीमले सहभागीता नजाउने भए पनि खेल राउन्ड रोबिनमा हुने भएको छ ।

इस्टर्न रिजन कप खेल्ने सिंगापुरको टिमः अमजद महबूब (कप्तान), रज्जा गजनवी, सुरेन्द्रन चन्द्रमोहन, अन्नत कृष्ण, मनप्रीत सिंह, विनोथ बास्करण, अब्दुल भादेलिया, अरित्रा दत्ता, जनक प्रकाश, रोहन रंगराजन, आर्यमान उचिल, टिम डेविड, आहान आचार र सिन्धनथ सिंह ।

इस्टर्न रिजन कप खेल्ने नेपाली टिमः ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, आरिफ शेख, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अविनाश बोहरा, कुशल मल्ल, पवन सरार्फ, भुवन कार्की, सन्दीप जाेरा सुशन भारी र किशोर महतो ।

कमेन्ट गर्नुहोस्