वेष्ट इन्डिजका क्रिकेटर थोमस चढेको कार दुर्घटना

काठमाडौंः वेष्ट इण्डिजका क्रिकेट टिमका तिव्र गतिका बलर ओसेन थोमस चढेको कार दुर्घटनामा परेको छ । उनी चढेको कार आइतबार दुर्घटनामा परेको हो । थोमसको कार अर्को कारसँग ठोक्किँदा पल्टिएको थियो।

दुर्घटनाबाट उनलाई सामान्य चोट लागेको र अहिले उनी आराम गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनाबाट बेहोस भएका उनलाई नजिकैको अस्पताल पुर्याँउदा बाटोमा होस आएको बताइएको छ । वेष्ट ईण्डिज खेलाडीसंघले एक विज्ञप्ति जारी गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

तीव्र गतिमा बलिङ गर्ने उनले वेष्ट ईण्डिजबाट सन २०१८ मा भारतविरुद्ध डेब्यू गरेका थिए। यस्तै उनले २०१९ को आइपीएलमा राजस्थान रोयल्सबाट खेलेका थिए । थोमसलाई २०२० को आईपीएलमा राजस्थानले ५० लाखमा खरिद गरेको छ ।

कमेन्ट गर्नुहोस्