यस्तो बन्यो चलचित्र ‘धुलो’ को ट्रेलर

काठमाडौंः नेपाली चलचित्र ‘धुलो’ को ट्रेलर मंगलबार काठमाडौंमा सार्वजनिक भएको छ । संचारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म १६ फागुनमा प्रदर्शन हँुदैछ ।
राजधानीमा ठेला–रिक्सा चलाएर गुजारा गर्ने मज्दुरको वास्तवीक जीवनशैली, सपना, संघर्ष र अबस्थाको बिषयमा निर्माण गरिएको ‘धुलो’ मा बुद्धि तामाङ,अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवालाई बिशेष भूमिकामा प्रस्तुत गरिएको छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न ट्रेलर सार्वजनीक कार्यक्रममा निर्देशक मिश्रले ‘धुलो’ वास्तविक जिन्दगी र घटनाहरुबाट प्रेरित भएको बताए । उनले लामो समयको संचार र फिल्मकर्मको अनुभव ‘धुलो’ मा लगाएको बताए ।

अभिनेता बुद्धि तामाङले ‘धुलो’ काल्पनीक नभएर यथार्थ जीवनका कथामा बनाइएकाे बताए ।  अभिनेत्री सृजना सुब्बाले दर्शकले यो फिल्ममा आफूलाई महसुस गर्न पाउने दावी गरिन् ।

कार्यक्रममा चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, ‘धुलो’का गीतकार केशब मिश्र, गायक युवराज चौलागाई, प्रस्तुतकर्ता दीपा धरेल, लेखक सुवाससिंह बस्न्यात र प्रोजेक्ट एडभाइजर सिके वाग्लेले फिल्मले दर्शकको मन जित्ने बिश्वास ब्यक्त गरे ।

दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन् । केशब मिश्र र दीपक समीरको गीत रहेको ‘धुलो’ रबिन आचार्यले खिचेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतमा शंकर थापा र जुगल डंगोलको संगीत, कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्