विकेटकीपर–कप्तानको रुपमा धेरै शतक बनाउने ३ क्रिकेटर

३. मुशफिकुर रहीम– बंगलादेशका पूर्वकप्तान तथा विकेटकीपर–ब्याट्सम्यान मुशफिकुरले टीमका लागि लगातार शानदार प्रदर्शन गर्दै आएका छन् ।

टेष्ट क्रिकेटमा विकेटकीपरको रुपमा दोहोरो शतक बनाउने एक मात्र खेलाडी रहीमले सन् २००४ मा बंगलादेशका लागि पहिला म्याच खेलेका थिए ।

उनले हालसम्म बंगलादेशका लागि सबै क्रिकेट प्रारुपमा १३ शतक बनाएका छन् । जसमा ४ शतक उनले आफू कप्तान भएको अवस्थामा बनाएका थिए । उनी विकेटकीपर–कप्तानको रुपमा सर्बाधिक शतक बनाउने तेस्रो खेलाडी हुन् ।

२. एबी डिभिलियर्स– विश्व क्रिकेटका महान् क्रिकेटर एबी डिभिलियर्सले २००४ देखि २०१८ सम्म दक्षिण अफ्रिकाका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । तीनै प्रारुपमा कप्तानको जिम्मेवारी सम्हालिसकेका डिभिलियर्सले आफ्नो करियरको सुरुवात विकेटकीपर–ब्याट्सम्यानरुपमा गरेका थिए । तर, पछि उनले ब्याट्सम्यानकारुपमा बढी क्रिकेट खेले ।

डिभिलियर्सले विकेटकीपर–कप्तानको रुपमा ४ शतक बनाएका छन् । उनी दुवै जिम्मेवारीका साथ सर्बाधिक शतक बनाउने दोस्रो क्रिकेटर हुन् ।

१. महेन्द्रसिंह धोनी– सन् २००७ देखि २०१६ सम्म भारतीय टीमको कप्तान बनेका धोनीले लगभग आफ्नो पूरै करियर विकेटकीपरको रुपमा खेले ।

उनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा १७ शतक बनाए । जसमा ११ शतक धोनीले कप्तान हुँदा बनाएका थिए । उनी विश्व क्रिकेटमा विकेटकीपर–कप्तानको रुपमा सर्बाधिक शतक बनाउने पहिलो क्रिकेटर हुन् ।

कमेन्ट गर्नुहोस्