काँग्रेसका ७६ वर्षीय नेता बालिका बलात्कार आरोपमा पक्राउ

गुल्मीः गुल्मीमा नेपाली कांग्रेसका एक जना अन्दाजी ७६ वर्षीय स्थानीय नेतालाई ६ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ गरिएको छ ।

जिल्लाको गुल्मीदरवार गाउँपालिका–२ जुभुङ्गमन (साविक काँग्रेस जुभुङ्ग गाउँ कार्य समिति) का पूर्व सभापति एवं हाल क्षेत्रीय प्रतिनिधि केशरसिंह सारुलाई प्रहरीले ६ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ गरेको हो ।

उनलाई सोमबार पक्राउ गरी आज अदालतमा जबरजस्ती करणी अभियोगको मुदा दर्ता गरि म्याद थप समेत गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पीडित ६ वर्षीया बालिकाकाअनुसार सोमबार दिउँसो घरमा कोही नभएको बेला आएर ५ रुपैयाँ पैसा दिई अप्राकृति ढंगले यौन क्रियाकलाप गरेका थिए ।

‘सुवेदार बाजेले हाम्रो घर आएर ५ रुपैयाँ पैसा दिई त्यस्तो गर्नु भएको थियो’– ती बालिकाले भनिन्, ‘पहिला–पहिला पनि पैसा दिने गर्नुहुन्थ्यो ।’ ती बालिकाकी आमाले साँझ घर आउँदा छोरीले पिसाव फेर्न गाह्रो भएको भन्दै दुख्यो भनेपछि सोधपुछ गर्दा सुवदारबाले त्यस्तो कार्य गरेको बताएपछि उजुरी दिन आएको बताइन् ।

कमेन्ट गर्नुहोस्