कतिमा कारोबार हुँदैछ सुनचाँदी?

काठमाडौंः नेपाली बजारमा सुनको भाउले अहिलेसम्मकै उच्च रेकर्ड रहेको छ। बुधबार एकैदिनमा ४०० रुपैंया प्रतितोलले बढेर सुनको भाउ नेपालको इतिहासमै उच्च विन्दुमा पुगेको हो।

मंगलबार प्रतितोला ७६ हजार ७ सय रुपैंयामा कारोबार भएको छापावाला सुन आज ४ सयले बढेर प्रतितोला ७७ हजार १ सय रुपैंया पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, मंगलबार ७६ जहर ४ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य आज ७६ हजार ८ सय निर्धारण गरिएको छ।

यसैगरि, बुधबार चाँदीको भाउ पनि बढेको छ । सोमबार र मंगलबार प्रतितोला ८ सय ९० मा कारोबार भएको चाँदी आज प्रतितोला १५ रुपियाँले बढेर ९ सय ५ रुपैंया पुगेको महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्