माओत्सेतुङको फोटो गलत प्रयोग गर्ने सम्पादक हट्ने

काठमाडौंः नेपालस्थित चिनियाँ दुतावासले चीन विरोधी समूहको ‘सुँगा’ भनेर टिप्पणी गरेको एक प्रधान सम्पादक हट्ने भएका छन् ।

कान्तिपुर मिडिया ग्रुपअन्तर्गतको काठमाडौं पोष्टका प्रधान सम्पादक अनुप काफ्ले हट्न लागेका हुन् ।

अनुप काफ्लेले एक महिना अघि राजिनामा दिएपनि अहिलेसम्म स्वीकृत भएको थिएन । चीनविरुद्ध पूर्वाग्रही ढंगले समाचार प्रकाशन गरेको भन्दै नेपालस्थित चिनियाँ दूतावासले नै विज्ञप्ति जारी गरेपछि उनको राजिनामा स्वीकृत हुने सम्भावना बढेको बताइन्छ ।

कान्तिपुरले काफ्लेको जागिर चिनियाँ दुतावासको त्यस्तो वक्तब्य पछि खान लागेको भने होइन । यो एउटा संयोग मात्र मिलेको हो । कान्तिपुरले उनलाई आजकै मितिवाट बिदा गर्ने निर्णय यस अगाडी नै गरिसकेको छ ।

अमेरिकामा रहेका उनलाई ११ लाख तलब दिने गरी कान्तिपुरले काठमाडौं पोष्टमा भित्राएको थियो ।

के हो घटना ?
अध्यक्ष माओले नीलो रङ्गको मास्क लगाएको तस्वीरसहित काठमाडौं पोष्टले प्रकाशित गरेको एउटा समाचार प्रकाशित गरेको थियो । त्यसमा चीनले कडा आपत्ति जनाउँदै विश्व कम्युनिस्ट आन्दोलनका लोकप्रिय नेता माओत्सेतुङलाई अपमान गरेको आरोप लगाएको छ ।

पोष्टको लेखले चीनको राजनीतिक प्रणाली र अध्यक्ष माओमाथि प्रहार गर्न खोजेको दूतावासको विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा चीनले खेलेको भूमिकामाथि पोष्टको समाचारले प्रश्न उठाउनु पूर्पाग्रहि र गलत मानसिकताले ग्रसित भएको दुतावासको ठहर छ ।

विज्ञप्तिमा पोष्टका सम्पादकको नाम नै उल्लेख गर्दै उनले चीनविरोधी शक्तिको चाकरी गरेर बारम्बार पूर्वाग्रही ढंगले समाचार प्रकाशन गरेको आरोप लगाइएको छ ।

यसअघि शीर्षकमा बर्खास्त लेखिएकोमा भूलसुधार गरिएको छ ।
–सम्पादक

कमेन्ट गर्नुहोस्