एक लाख घुससहित इन्जिनियर रंगेहात पक्राउ

बैतडीः एक लाख घुससहित इन्जिनियर रंगेहात पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुखसमेत रहेका इन्जिनियर सुरेशराज भट्ट रहेका छन् ।

उनलाई आज बिहान अख्तियारको टोलीले पक्राउ गरेको हो । चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घुस माग्दै गरेको अवस्थामा इन्जिनियर भट्ट रंगेहात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कन्चनपुरका सुचना अधिकारी तोपबहादुर बिष्टले बताए ।

कमेन्ट गर्नुहोस्