ट्रम्पको मन्दिर बनाएर पुजा गर्दै भारतीय, यस्तो छ कारण !

नयाँ दिल्लीः फेब्रुअरी २४ का दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलिनिया ट्रम्पले दुई दिन भारत भ्रमण गर्दैछन् ।

राष्ट्रपति ट्रम्पको स्वागतमा भारतले तयारी गरिरहेको बेला तेलङ्गनाका जनगाँउका एक जनाले ट्रम्पको मुर्ति बनाएर पूजा गरेका छन् ।

उक्त गाँउका ३३ वर्षिय बुस्सा कृष्णले आफ्नो घर पछाडि ट्रम्पको मुर्ती बनाएर पूजा गरेका हुन् । उनले हिन्दु परम्पराअनुसार दिनहुँ पूजाआजा गर्ने गरेको समाचार संस्था एएफपीलाई बताए । ‘ट्रम्प सर तपाई मेरो भगवान हो’, कृष्णले भने, ‘भारतमा स्वागत छ, म एकदमै खुशी छु ।’

याे पनि पढ्नुस  अमेरिकी सामूहिक गोलीकाण्डः ट्रम्पद्वारा डेटन र एल पासको भ्रमण

कृष्णले फेसबुक र इन्स्टाग्राममा ट्रम्प लेखिएको निलो र रातो टि–सर्ट लगाएर मुर्ति पूजा गरिरहेको तस्विर समेत राखेका छन् । ट्रम्पले प्रधानमन्त्री मोदीको गृहप्रदेश गुजरातमा रहेको विश्वकै सबैभन्दा ठुलो स्टेडियम सरदार भल्लाभभाई पटेलको उद्घाटन गर्दैछन् ।

उनलाई ‘नमस्ते ट्रम्प’ नामक र्याली अन्तर्गत एक लाख १० हजार जनाले स्वागत गर्नेछन् । एजेन्सी

कमेन्ट गर्नुहोस्