नग्न अवस्थामा शव फेला परेकी महिलाको हत्या भएको पृष्टि

ललितपुरः लेले सामुदायिक वनमा नग्न अवस्थामा शव फेला परेकी महिलाको हत्या गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ ।

हत्या लगत्तै फरार रहेका सुर्खेत लेकफर्साका गिरबहादुर परियारलाई पक्राउ गरेर ल्याउन लागिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

४ असोजमा नग्न अवस्थामा अन्दाजी ४० वर्षीय खगेश्वरा दमाईको शव फेला परेको थियो । अनुसन्धान अधिकृतका अनुसार शवको पछाडिपट्टी निल डाम देखिन्छ भने कपडा पनि अपराधस्थलको विभिन्न क्षेत्रमा छरिएको थियो ।

उनीहरु पतिपत्नी भएको जनाइएको छ । यद्यपि, हत्या कसरी भयो भन्ने खुलिसकेको छैन ।

कमेन्ट गर्नुहोस्