महराको ताजा अन्तर्वाताः जेल पर्नुमा एमसीसी पनि एउटा कारण हो (भिडियो)

काठमाडौंः पूर्वसभामुख कृष्णबहादुर महराले आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् । अदालतले जे फैसला सुनायो, त्यही नै सही भएको उनको जिकिर छ ।

काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणीको मुद्दामा सफाइ दिएपछि इमेज च्यानलको कार्यक्रम हट सिटमा पत्रकार जगदीश खरेलसँग कुरा गर्दै महराले भनेका छन्, ‘मैले कुनै गल्ती र्गया छैन । कुनै अपराध र्गया छैन ।’

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा आफूले ‘टेबुल’ गर्न अनुमति नदिएको समेत उनले उल्लेख गरे । उनले आफू जेल पर्नुमा त्यो पनि एउटा कारण भएको जिकिर गरे । ‘कारण त धेरै होलान्, त्यो पनि एउटा कारण हो । त्यो त प्रधानमन्त्रीजीले पनि भन्नुभएको छ’, उनले भने ।

उनले पुर्पक्षका लागि आफू जेलमा बस्दा राज्यलाई अझ राम्रोसँग बुझेको बताए । जेल परेको समयमा ठूला नेताहरुले आफूलाई नभेटेको उनले जानकारी दिए । उनले भने, ‘ठूला नेताहरुले भेटेनन् । १० हजारभन्दा बढी कार्यकर्ताहरुले भेटे । शुभेच्छुक, समर्थकहरुले भेटे ।’

कमेन्ट गर्नुहोस्