नक्कली प्रमाणपत्र पेश गरेर सई र असईमा बढुवा !

काठमाडौंः नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रहरी सहायक निरीक्षक (सई) र प्रहरी नायब निरीक्षक (असई) मा बढुवा भएको आरोपमा अख्तियारले एक जनाविरुद्व विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाअन्तर्गत कार्यरत तत्कालीन प्रहरी नायव निरीक्षक मुकुन्द प्रसाद उपाध्याय (ढकाल) विरुद्व अख्तियारले मुद्दा दायर गरेको हो ।

उनले बिहार संस्कृत शिक्षा बोर्ड पटना भारतबाट मध्यमा तह उत्तिर्ण गरेको भनी २०५१ सालमा बढुवाका लागि झुठ्ठा शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरेका थिए ।

झुठ्ठा शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरेर उनी २०५८ सालमा प्रहरी सहायक निरीक्षक (सई) र २०६३ सालमा प्रहरी नायब निरीक्षक (असई) पदमा बढुवा भएका थिए ।

कमेन्ट गर्नुहोस्