गुण्डागर्दिमा संलग्न पासलाल पक्राउ

काठमाडौंः विभिन्न अपराधमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ घर भई हाल जोरपाटी बस्दै आएका ३७ बर्षीय पासलाल तामाङ रहेका छन् ।

उनले बलेफी हाईड्रोपावर काम गर्ने ठेकदार र अरु ब्यक्तिहरुलाई पनि हातहतियार देखाएर ज्यान मार्ने, हात खुट्टा भाँचिदिने तथा धाक–धम्की दिएर त्रास पैदा गर्ने र महिलालाई समेत अभद्र ब्यबहार गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेका तामाङ कर्तब्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेल भुक्तान भई छुटेको, सिन्धुपाल्चोकमा ज्यान मार्ने उद्योग मुद्दामासेमत संलग्न रही फरार रहेको भन्ने अनुसन्धानबाट खुलेको छ ।

जडिबुटीबाट पक्राउ गरेका तामाङलाई अभद्र ब्यबहारसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कार्वाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

कमेन्ट गर्नुहोस्