लागूऔषध ओसारपसार गर्ने २ युवतीसहित ६ जना जेल चलान

कैलालीः धनगढीमा लागूऔषध ओसारपसार गर्ने दुई युवतीसहित ६ जनालाई कारागार चलान गरिएको छ ।

गत मंसिर ५ गते धनगढीको बेल्स क्याफे नजिकैबाट दुई ग्राम छ सय ८० मिलिग्राम लागूऔषध सहित पक्राउ परेका भारतको उत्तर प्रदेश लखिमपुर, खिरी पलियाका बिवेक गुप्ता, कञ्चनपुर पुर्नवास नगरपालिका–११ का२९ वर्षीय दिप थापा र बिनोद थापा कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश कार्कीले जानकारी दिए ।

यस्तै गत मंसिर ११ गते धनगढीबाट तीन ग्राम ७ सय ६० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका थप तीन जनालाई पनि कारागार चलान गरिएको छ ।

धनगढी–५ जाईका २८ वर्षीय इन्द्रजित धामी, वडा नम्बर ८ की १८ वर्षीया एलिसा तामाङ र बाजुरा घर भई हाल धनगढी १ बस्दै आएकी १९ वर्षीया मोनिका बुढालाई पनि जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्