प्रहरी अधिकृतकै नक्कली प्रमाणपत्र

काठमाडौंः नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी बढुवा भएको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव निरीक्षक मुकुन्दप्रसाद उपाध्याय (ढकाल) विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अनुसन्धानको क्रममा उपाध्यायले भारतको बिहार संस्कृत शिक्षा बोर्ड पटनाबाट मध्यमा तह उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक र प्रहरी नायव निरीक्षकमा बढुवा भएको तथ्य पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

उपाध्यायले सोही योग्यताको प्रमाणपत्र पेश गरी २०५८ सालमा प्रहरी सहायक निरीक्षक र २०६३ माघ २९ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका थिए ।

कमेन्ट गर्नुहोस्