९ वर्षमा १४ प्रतियोगिता गर्ने तयारीमा आइसीसी, टी–२० र वानडेमा च्याम्पियन्स कप

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले आफ्नो नयाँ क्यालेन्डर (२०२४–३१) मा वानडे, टी–२० विश्वकप, विश्व टेष्ट च्याम्पियन्सशिप अलावा अन्य २ प्रतियोगिताको प्रस्ताव गरेको छ । यदि यो प्रस्ताव लागू भएमा २०२३ देखि २०३१ सम्म १४ आइसीसी प्रतियोगिता देख्न–हेर्न पाइने छ । यस अलावा दुई देशबीचको सिरिज, हरेक देशको ग्लोबल लिग र अन्य प्रतियोगिता पनि जारी नै रहने छन् ।

आइसीसीका अनुसार २०२४ र २०२८ मा टी–२० च्याम्पियन्स कप हुनेछ । १० देशबीच हुने यो प्रतियोगितामा कम्तिमा पनि ४८ म्याच हुने छन् । सन् २०२५ र २०२९ मा वानडे च्याम्पियन्स कप हुने छ । यो प्रतियोगितामा ६ टिमबीच १६ म्याच हुने छन् ।

आइसीसीले गरेको यो प्रस्ताव बीसीसीआई, क्रिकेट अष्ट्रेलिया र इंग्ल्याड क्रिकेट बोर्डले स्वीकार गर्ने सम्भावना कम छ । दुई देशबीच हुने सिरिजमा असर पर्नसक्ने भएकाले क्रिकेट बोर्डहरुले प्रस्ताव अस्वीकार गर्न सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्