नेपालमा प्रवेश गर्‍यो पश्चिमी वायू, फेरि वर्षा र हिमपात

काठमाडौंः नेपालको मा फेरि पश्चिमी वायूको प्रभाव सुरु भएको छ । जसले गर्दा बुधबार रातिदेखि नै पश्चिमी क्षेत्रका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको  मौसमविदले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार यो प्रणाली बुधबार राति नै नेपाल प्रवेश गरेको हो । नेपालको पश्चिमी क्षेत्रको पहाडी भेगका एक–दुई स्थानमा वर्षा तथा हिमाली भेगका एक–दुई स्थानमा हिमपात सुरु भइसकेको मौसमविद् कँडेलले बताइन् ।

आज पनि देशभर बदली भएर पहाडी भेगका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगमा हुने हिमपातको अनुपात पनि क्षेत्रगत आधारमा यस्तै रहने मौसमविदको अनुमान छ ।

याे पनि पढ्नुस  मौसमः अझै ३ दिन हावाहुरीसहित वर्षा जारी रहने

आगामी तीन दिनको मौसम पूर्वानुमान    

फागुन ८ गते बिहीबार

दिउँसोः देशभर आंशिकदेखि सामान्यसम्म बदली रही पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ ।

रातिः देशभर सामान्य बदली रही पश्चिमका केही भू–भागमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना देखिन्छ ।

याे पनि पढ्नुस  हिमपातका कारण अलपत्र परेकी बिरामीको सेनाको हेलिकोप्टरबाट उद्धार

फागुन ९ गते शुक्रबार

दिउँसोः देशभर सामान्यदेखि पूर्णसम्म बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात र पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ।

रातिः देशभर आंशिकदेखि सामान्यसम्म सामान्य बदली रहने छ । पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना देखिन्छ।

याे पनि पढ्नुस  आज विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा र भारी हिमपातको सम्भावना

फागुन १० गते शनिबार

दिउँसोः देशभर आंशिकदेखि देखि सामान्यसम्म बदली रही मध्य तथा पूर्वी भू-भागका थोरै स्थान र पश्चिमी पहाडका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ।

रातिः पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहने छ ।

कमेन्ट गर्नुहोस्