त्रिभुवन विमानस्थलमा ‘पर्यटन परि’ रोर्बट, के गर्छ काम ?

काठमाडौंः संस्कृति पर्यटन तथा नागरिक उडयान मन्त्री योगेश भटराईले मुलुककको एक मात्र अन्तराष्ट्रिय विमान स्थल प्रविधिमैत्री हुँदै गएको बताएका छन् ।

विमानस्थलमा राखिने रोर्बटको आज उद्घाटन गर्दे मन्त्री भटराईले विमानस्थलमा यात्रुहरुलाई सहजता प्रदान गर्न यस रोर्बटले सहयोग गर्ने बताए । विमान स्थलको अध्यागमन प्रणालीमा सुधार गरिएको उल्लेख गर्दे मन्त्री भटराईले स्रोतको सिमितता भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य विमानस्थललाई सुविधा सम्पन्न वनाउँदै लगिने बताए ।

नेपाली प्रविधिकहरुले निर्माण गरेको रोर्बटले विभिन्न सुचनाहरु उपलब्ध गराउँछ । नेपाली, अंग्रेजी र चाईनिज गरि तीन भाषामा रोर्बटले प्रयोगकर्तालाई सुचना उपलब्घ गराउने नेपाल नागरिक उडडयान प्राधिकरणले जनाएको छ ।

प्राधिकरण, नेपाल पर्यटन वोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयको संयुक्त खर्चमा रोर्बट तयार पारिएको हो । ‘पर्यटन परि’ नाम दिएको दुई वटा रोर्बट पाईला टेक्नोलाजीले निर्माण गरेको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएका रोर्बटले नेपाल आउने पर्यटकहरुलाई नेपालको वारेमा जानकारी लिन सहज हुने वताइएको छ । नेपालको ट्रेकिङ, संस्कृति, समाज साथै विमानस्थलभित्रको स्थानहरु पत्ता लगाउन रोबर्टमार्फत सहज हुने पाईला टेक्नोलोजीका आयुस कसजुले बताए ।

विमानस्थलमा आइपुगेका पर्यटकले जानकारीका लागि कर्मचारीसँग सोधिरहनु पर्ने बाध्यता यस रोर्बटले हटाईदिने कसजुले बताए ।

कमेन्ट गर्नुहोस्