बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्व

फाइल फोटो

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस संचालनका लागि कमिसन मागेको भनिएको अडियो सार्वजनिक भएपछि कांग्रेसले विरोध जनाएको हो ।

राष्ट्रिय सभाको बिहीबारको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरे । साथै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई जवाफ दिनुपर्ने उनको माग छ ।

कांग्रेसले अवरोध गरपछि फागुन १५ गतेसम्मका लागि राष्ट्रिय सभा स्थगित भएको छ ।

कांग्रेसले संसद बैठक पनि अवरुद्ध गर्ने भएको छ । संसद बैठक केहीबेरमा बस्दैछ ।

कमेन्ट गर्नुहोस्