नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना: ६ जनाको मृत्यु, १८ घाइते

भारतः नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ । भारतको अमालुर नजिकै भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । भारतको सलिम बैंलुरु राष्ट्रिय राजमार्गमा बुधबार राति दुर्घटना भएको बताइएको छ ।

अधिकारीहरुले जनाएअनुसार दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि मोहन कुमारमंगलमा मेडिकल कलेजमा लगिएको छ । तीर्थ यात्राका लागि हिँडेको उक्त बसमा ३४ यात्रु सवार थिए । उनीहरू नेपालको सुनसरीबाट २३ माघमा ३५ दिनको लागि तीर्थयात्रामा निस्किएका थिए ।

भारतको प्रसिद्ध तीर्थस्थल कन्याकुमारीको दर्शन गरेर नरीपल्लम जान लागेको बसलाई पार्किङ गर्नको लागि यू–टर्न लिन खोज्दा विपरित दिशाबाट आएको अर्को मिनिबसले ठक्कर दिएको भारतीय प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा ४ पुरुष २ महिला रहेका छन् । मृत्यु हुनेमा ५६ वर्षीय गोपाल तामाङ, ५५ वर्षीया फितासरी चौधरी, ६० वर्षीय विष्णु दाहालको सनाखत भएको बताइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्