BREAKING: सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा

काठमाडौंः सेक्युरिटी प्रेस खरिद प्रक्रियामा घुस मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । उनले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले जानकारी दिए ।

आजको संसद बैठकमा बाँस्कोटालाई राजीनामा गराएर कारवाही गर्न माग गर्दै कांग्रेसले संसद अवरुद्व गरेपछि उनले सो कुरा जानकारी गराए ।

सभामुख सापकोटाले भने, ‘मैले अनौपचारिक जानकारी पाएअनुसार सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिइसक्नुभएको छ ।’

मन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी सभामुख सापकोटाले संसदमा गराए पनि कांग्रेसले बैठक अवरुद्व गरिरह्यो । त्यसकारण आजको संसद बैठक स्थगित भएको छ ।

संसदको अर्को बैठक फागुन १३ गते दिउँसो १ बजे बस्नेछ ।

कमेन्ट गर्नुहोस्