फिफा नयाँ बरियतामा नेपाल १७०औं स्थानमा यथावत

काठमाडौं: विश्‍व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १ सय ७०‍औं स्थानमा यथावत रहेकाे छ।

यसअघि डिसेम्बर १९ मा सार्वजनिक भएको बरियतामा पनि नेपाल १ सय ७०औं स्थानमा थियो।

बेल्जियम शीर्ष स्थानमा छ भने क्रमश: फ्रान्स, ब्राजिल, इङ्‍ल्यान्ड, उरुग्वे, क्रोएसिया, पोर्चुगल, स्पेन, अर्जेन्टिना र कोलम्बिया २ देखि १०औं स्थानसम्म छन्।

एसियाबाट प्रतिनिधित्व गर्ने जापान २८औं रहेर यो महाद्वीपको शीर्ष स्थानमा छ। दक्षिण एसियाको प्रतिनिधित्व गर्ने सूचिमा भने चाैथो स्थानमा छ।

भारत १ सय ८, अफगानिस्तान १ सय ४९औं तथा माल्दिभ्स १ सय ५५औं स्थानमा छन्।

कमेन्ट गर्नुहोस्