‘नैतिकताको आधारमा राजीनामा दिएँ’

काठमाडौंः सेक्युरिटी प्रेस खरिद प्रक्रियामा घुस मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी दिएका छन् ।

‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजीनामा दिएको जानकारी गराउँदछु । धन्यवाद’ उनले भनेका छन् ।

यसअघि आज दिउँसो बसेको संसद बैठकमा सभामुख अग्नि सापकोटाले बाँस्कोटाले राजीनामा दिएसकेको जानकारी गराएका थिए ।

बाँस्कोटा १८ चैत ०७५ मा मन्त्रीमा नियुक्त भएका थिए । उपेन्द्र यादव नेतृत्वको सामाजवादी पार्टीले सरकार छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटालाई गत २५ पुसमा सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिएका थिए ।

कमेन्ट गर्नुहोस्