ईपीएलः गेल र विलियम्सपछि पोखरा राइनोजमा जर्ज मुन्सी अनुबन्ध

काठमाडौंः स्कटल्याण्डका देब्रे हातका ओपनर ब्याट्सम्यान जर्ज मुन्सी एभरेष्ट प्रिमियर लिग खेल्ने भएका छन् । उनलाई लिगमा पोखरा राइनोजले अनुबन्धन गरेको हो ।

पोखरा राइनोजको आधिकारिक वेबसाइटमा प्रिमियर लिग टी ट्वान्टीका लागि मुन्सीलाई अनुबन्धन गरिएको उल्लेख गरिएको छ । मुन्सी अघि पोखरा राइनोजले वेष्टइन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल र तिब्र गतिका बलर केस्रि विलियम्सलाई अनुबन्धन गरिसकेको छ । मुन्सी पोखराका लागि खेल्नुहुने तेस्रो विदेशी खेलाडी हुन् ।

Pokhara Rhinos Clinch Scottish Left Handed Batter for EPL 2020

Brace yourself for this years EPL T-20 you cricket lovers because the Pokhara Rhinos are proud to reveal the arrival of the Left-Handed Scottish Opening Batter – Henry George Munsey!#GoRhinos #OrangeArmy #AyoPokhreli #PokharaRhinos #J4Sports #BreatheClean#UnMaskNepal#OneTreeOneLife#TheInvisibleKiller#IWantToBreathe#KillAirPollution#GoGreenBeforeGreenGoes#BeatAirPollution#IPlantOneTreeOnMyBirthday#BeAPartOfSolutionNotAPartOfPollution#EPL2020 #TVS#VisitNepal2020Jagdamba Motors – TVSMitsubishi NepalEPL – Everest Premier League

Posted by Pokhara Rhinos on Thursday, February 20, 2020

सन् २०१९ मा नेदरल्याण्ड्सविरुद्ध बनाएको १२७ रनको योगफल टी ट्वान्टी अन्तर्राष्ट्रयमा उनको सर्वाधिक ब्यक्तिगत योगफल हो । मुन्सीले २५ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा ५६२ रन बनाएका छन् । टी ट्वान्टी अन्तर्राष्ट्रियको ३८ खेलमा उनले ९८७ रन बनाएका छन् ।

१८ जुन २०१५ मा मुन्सीलाई पहिलोपटक आयरल्याण्ड विरुद्धको श्रृखंलाका लागि स्कटल्याण्ड टोलीमा बोलाइएको थियो ।

 

कमेन्ट गर्नुहोस्