काठमाडौंः गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत ‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक भएको छ ।
गीतका शब्द प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका हुन् । गीतमा कार्टुन क्रुका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मा तथा जिवेश गुरुङको अभियन छ ।
‘कमेरोले पोतेको दुई तलाको घर’ गीतमा दिपक शर्माको संगीत छ । एरेन्जमा उदयराज पौडेल, मिक्सिङ श्याम स्वोयत रसाइलीको रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको गीतको सम्पादन अमन मानन्धरले गरेका हुन् ।
भिडियोमा रंग संयोजक रेनिश फागो र कोरियोग्राफर विक्रम सुनारले गरेका हुन् । म्युजिक भिडियोको निर्देशक सरोज ओली हुन् । गीतलाई शुभ मिडिया होमले निर्माण गरेको हो ।
म्युजिक भिडियो झापाको धुलावारी र मागुरमाडीमा रहेका परम्परागत घर निर्माणमा अत्याधुनिक प्रविधि प्रयोगस गरेर तयार पारेको निर्देशक ओलीले जानकारी दिए ।