स्वीस दूतावासले भन्यो, ‘बाँस्कोटासँग भेटघाटको अनुरोध वा पहल भएको छैन्’

काठमाडौंः काठमाडौंस्थित स्वीस दूताबासले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग भेटघाटको लागि अनुरोध वा भविष्यमा भेटघाटको समय निर्धारण नभएको प्रष्ट्याएको छ ।

दूतावासले स्वीस कम्पनीको एजेन्टको रुपमा दाबी गरिएको व्यक्तिबारे दूतवासलाई कुनै जानकारी नरहेको समेत खुलाएको छ ।

काठमाडौंस्थित दूतावासको लेटर हेडमा जारी सो वक्तव्य प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले फेसबुक मार्फत सर्वजनिक गरेका थिए। वक्तब्यमा काठमाडौंबाट प्रकाशित हुने एक अंग्रेजी अनलाइनले स्वीस दूताबासको नाम उल्लेख गरी स्वीस कम्पनीको एजेन्ट र मन्त्री बाँस्कोटालाई लक्षित गरी तयार गरिएको समाचारप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

दूतावासले विज्ञप्तिमा भनेको स्वीस कम्पनीको स्थानीय एजेन्ट भनिएको व्यक्तिबारे न दूताबास कुनै जानकार छ न संलग्न नै छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले बिहीबार नै राजीनामा दिएका छन् । उनको राजीनामा लगत्तै दूतावासको वक्तब्य आएको हो ।

कमेन्ट गर्नुहोस्