आज डलरदेखि रियालसम्मको कति छ भाउ ?

काठमाडौंः नेपाल राष्ट्र बैंकले शुक्रबार (फागुन ९) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ४० पैसा र बिक्रीदर १२४ रुपैयाँ ०४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५६ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

कमेन्ट गर्नुहोस्