अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाए प्रम ओलीले

काठमाडौंः झण्डै एक साताको सम्वादहिनतापछि बिहिबार नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालका बीचमा छलफल भएको थियो । गोकुल बाँस्कोटाको कमिसन काण्डका विषयमा छलफल गरेर बाँस्कोटाको राजीनामाका विषयमा छलफल गरेका दुई अध्यक्ष फेरि अहिले पनि बालुवाटारमा छलफलमा जुट्दैछन् ।

पार्टीका अन्य कार्यक्रम बनाएका प्रचण्डलाई प्रधानमन्त्री केपी ओलीले टेलिफोन गरी बालुवाटारमा छलफलका लागि बोलाएका छन् । विकसित राजनीतिक घटनाक्रम र पार्टी राजनीतिका विषयमा नेकपाका दुई अध्यक्ष बीच छलफल हुन लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहीबेर पछि दुई अध्यक्षका बीचमा छलफल हुन लागेको हो । प्रधानमन्त्रीले छलफलका लागि बालुवाटारमा बोलाएको प्रचण्डले बताएका छन् ।

विकसित घटनाक्रमका वारेमा छलफल गर्न म अहिले बालुवाटार जादैछु, नेकपाका अध्यक्ष प्रचण्डले भक्तपुरमा ‘नारायणविलाश जोशी स्मृति प्रतिष्ठान’को शिलन्यास गर्दै भने,–‘यो कार्यक्रम थिएन, तर विकसित घटनाक्रमका बारेमा छलफल गर्नुपर्ने भएकोले म अहिले बालुवाटार जादैछु ।’ दुई अध्यक्षका बीचमा सरकारका अबका काम, मन्त्री परिषद हेरफेर र पार्टी एकताका बाँकी काम र एमसीसी कार्यदलको प्रतिवेदनका विषयमा छलफल हुने बताईएको छ ।

कमेन्ट गर्नुहोस्