प्रेमिका खोजिदिनेलाई २८ लाख पुरस्कार !

एजेन्सीः एक अमेरिकी व्यवसायीले प्रेमिका खोज्नेलाई पुरस्कार दिने घोषणा गरेका छन् ।

जेफ गेबहार्ट नामक यी व्यवसायीले प्रेमिका खोजिदिनेलाई २५ हजार डलर (करीब साढे २८ लाख रुपैयाँ) पुरस्कार दिने घोषणा गरेका हुन् । जेफले प्रेमिका खोज्न डेटिङ वेबसाइटमा विज्ञापन नगरेका पनि होइनन् । तर, अनलाइन डेटिङमा मन टुटेको बताएका थिए ।

याे पनि पढ्नुस  नेपाली वैज्ञानिक अधिकारी युनेस्कोबाट पुरस्कृत

जेफ आफ्नो राम्रो र नराम्रो पक्षसँग माया गर्ने प्रेमिका खोजिरहेका हुन् । जेफ आफ्नो बारेमा भन्छन् कि सम्बन्धमा धेरै नै सहयोग हुनुपर्छ । त्यसका लागि खुला दिल, माया र मस्तीमजक गर्ने प्रेमिका खोजिरहेको छु ।

यद्यपि, प्रेमिका खोज्ने यो अभियान कहिलेसम्म चल्छ भनेर खुलाइएको छैन ।

कमेन्ट गर्नुहोस्