दुई लाख घुससहित टेक्निसियन पक्राउ

काठमाडौंः सुर्खेतको भेरीगंगा नगरपालिकामा कार्यरत टेक्निसियन चित्र बहादुर केसी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

खानेपानी तथा सरसफाई टेक्निसियन केसीले नगरपालिकाको वडा नं. ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने घुस लिएको अख्तियारले जनाएको छ ।

याे पनि पढ्नुस  पप्पु कन्स्ट्रक्सनका अध्यक्षसहित १२ विरुद्ध मुद्दा दायर, रौनियार सांसदबाट निलम्बित !

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा भेरीगंगा नगरपालिका, वडा नं. १० मदानीचौरस्थित उन्नती टोलबाट नियन्त्रणमा लिएको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्