सेक्युरिटी मेसिन खरिद काण्डमा विप्लवले निकाले कडा विज्ञप्ति, के भने ?

काठमाडौंः नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा प्रधानमन्त्री केपी ओलीकै संलग्नता भएको आशङ्का गरेको छ ।

पार्टी महासचिव विप्लवले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओली स्वयम् निवर्तमान सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई बचाउन र घुस काण्डलाई ढाकछोप गर्न लागेको आरोप लगाइएको छ ।

उक्त काण्डसँग प्रत्यक्ष जोडिएका गोकुल बाँस्कोटालाई कारबाही गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्