माओ र चीनको होइन, हाम्रा मिडियाले नेपालको बेइज्जत गरेका छन्ः डा.दिक्षित

काठमाडौंः नागरिक समाजका अगुवा तथा वरिष्ठ डा. सुन्दरमणी दीक्षितले हालै एक अंग्रेजी राष्ट्रिय दैनिकमा चिनियाँ कम्युनिष्ट पार्टीका दिवंगत भएका अध्यक्ष मोओको तस्विरमा मास्क लगाएर विदेशी लेखलाई साभार भरेकोप्रति रोष व्यक्त गरेका छन् ।

डा. दिक्षितले माओ र चीनको वेइज्जत भन्दा पनि नेपालको वेइजत गरेको आरोप समेत लगाएका छन् ।

उनले नेपाल र चीनको विगतदेखिको सुमधुर सम्बन्धलाई विगार्न खोजेको आरोप समेत लगाएका छन् । उनले अमेरिका र चीनको दुश्मनिपूर्ण सम्बन्ध भएको र चीन वर्तमान घडिमा विकराल संकटमा गुजे्रको र त्यसमा हामीले असल छिमेकीको हैसियतले सहयोग गर्नुको पर्ने धारणा राखे । तर त्यसको विपरित हामीले कतै त्यसमा नुन–खुर्सानी छर्न खोजेको त होइन, भन्ने गम्भिर आशंका व्यक्त गर्दै भने,“प्रेस स्वतन्त्रताको गलत प्रयोग गरेर कुनै देशको संकटमाथि सहानुभुतिको साटो पछाडीबाट छुरा घोप्ने यो गलत भयो ।”

डा. दिक्षितले चीन विगतदेखि नेपालसँग असल व्यवहार गर्दै आएको र उसले यो संकटमा साथ दिनेलाई मित्र र घात गर्नेलाई भविष्यमा त्यस्तै व्यवहार गर्ने भनिरहेको कुरालाई स्मरण गराउँदै भने,“भारतलाई दश लात हान्नुस उसले बदलामा एक लात हान्छ, तर चीनलाई एक हान्नुस उसले दश लात फर्काउँछ यो विगतको इतिहास शाक्षि छ ।”

कमेन्ट गर्नुहोस्