टी–२० विश्वकपमा भारतले अष्ट्रेलियालाई हरायो

काठमाडौंः आजदेखि अष्ट्रेलियामा सुरु भएको महिला टी–२० विश्वकपमा भारतीय टीमले विजयी सुरुवात गरेको छ । आयोजक अष्ट्रेलियालाई १७ रनले हराउँदै भारतले विजयी सुरुवात गरेको हो । भारतले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो ।

उसका लागि एलिसा हेलीले ५१ र एशलेग गार्डनरले ३४ रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा भारतीय टीमकी पूनम यादवले ४, शिखा पाण्डेले ३ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३१ रन बनायो । उसका लागि दिप्ती शर्माले अविजित ४९, सैफअलि बर्माले २९, जेमिमाह रोड्रिग्सले २६ र स्मृति बन्दनाले १० रन बनाइन् । बलिङमा अष्ट्रेलिया टीमका जेस जोनासेनले २, डेलिसा किम्न्सर्स र एलिस प्यारीले एक–एक विकेट लिइन् ।

कमेन्ट गर्नुहोस्