एमसीसीबारे अध्ययन गर्न बनेको कार्यदलले ओली र प्रचण्डलाई प्रतिवेदन बुझाउँदै

काठमाडौंः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको कार्यदलले प्रतिवेदन तयार गरेको छ ।

वरिष्ठ नेता झलनाथ खनाल संयोजक तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको समितिले थपिएको मितिमा प्रतिवेदन तयार पारेको हो ।

सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा विस्तृत अध्ययन गरेर तयार गरिएको प्रतिवेदन शुक्रबारै अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डलाई बुझाइने कार्यदलका सदस्य रावलले जानकारी दिए ।

एमसीसीका विषयमा विवाद बढ्दै गएपछि नेकपा केन्द्रीय समिति बैठकले अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।

कमेन्ट गर्नुहोस्