काेराेना संक्रमणविरुद्ध चीनले बनायाे दर्जन बढी लडाकू शिविर (भिडियाेसहित)

बेइजिङ, काेराेना भाइरसविरुद्ध युद्धस्तरमा संघर्ष गरिररहेकाे चीनले लडाकु शिविर स्थापना गरेकाे छ ।

संक्रमितबाट प्रभावित जनतालाई तत्काल सेवा दिन र भाइरसकाे प्रकाेपबाट जाेगाउन यस्ता अस्पताल खाेलिएका हुन् ।

सिआरईले जनाए अनुसार, यी शिविरहरुले महामारि अस्पतालको भूमिका निर्वाह गर्ने लक्ष्य राखिएको छ ।

किन शिविर अस्पतालको निर्माण गर्नुपरेको हो?

चिकित्सा प्रणाली शिविर अस्पतालको सार्न सकिने लडाकू शिविर अस्पतालले सम्पूर्ण रुपमा महामारी उपचार अस्पतालको मापदण्ड पुरा गर्नसक्छ साथै द्रुत गतिले पलङ अभावको समस्यालाई समाधान गर्न सक्छ।

शिविर अस्पतालमा क्रस संक्रमणको डर छ कि?

क्रस संक्रमणको प्रतिरोध गर्न अस्पताल प्रवेश गर्नु अगाडि इन्फ्लुएन्जा एन्टिजेनको जाँच गर्नुपर्छ। यस बाहेक शिविर अस्पतालमा कोरोना भाइरस ९एनसीपी०बाट कम प्रभावित निश्चित बिरामीलाई उपचार दिइएको छ। उनीहरुको रोगको मूल एउटै छ। यसर्थ, सबै कम प्रभावित बिरामी भएकोले खुला शिविर अस्पतालमा चिकित्साकर्मीले सहज रुपमा उपचार र हेरविचार गर्न सक्छन्।

शिविर अस्पतालले कस्तो भूमिका खेल्ने छ?

शिविर अस्पतालको निर्माणबाट कम प्रभावित बिरामीको उपचारमा सहजता मिल्नुका साथै उनीहरूलाई क्वारेन्टाइनको रूपमा पनि निगरानीमा राख्न सकिन्छ जुन एनसीपीको नियन्त्रणका लागि महत्वपूर्ण छ।

हालै उहान सहरमा बाह्र वटा शिविर अस्पताल संचालनमा आएका छन्। सहरभरीका यी शिविर अस्पतालहरूले बीस हजार वटा पलङहरू उपलब्ध गराएको छ। थप शिविर अस्पतालको निर्माण गरेर एनसीपीबाट प्रभावित बिरामीको उपचार र क्वारेन्टाइन गर्ने क्षमता पनि उकासिने छ।

हेनुहोस् भिडियो, सौजन्यः चाईना रेडियो इन्टरनेशनल

कमेन्ट गर्नुहोस्